कैलाली प्रहरीले पक्राउ गर्यो ६ जना फरार प्रतिवादी

RBB Bank Suvakamana
Purbadhar dadeldhura

कैलाली- जिल्ला प्रहरी कर्यालय कैलालीले आज थप ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

Malpot office dadeldhura

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका विभिन्न मुद्दाका प्रतिवादीहरुलाई मंगलवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी ईकाइहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोमवार पनि कैलाली प्रहरीले ६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका फरार प्रतिवादीहरुः
१) वन पैदावार ओसार पसार मुद्दामा रु.४,५०५।– जरिवाना ठहर भएका गौरीगंगा नगरपालिका–३ बस्ने दिलबहादुर खत्री ।
२) सवारी ज्यान मुद्दामा १ महिना ८ दिन कैद सजाय र रु.२,०००।– जरिवाना ठहर भएका गौरीगंगा नगरपालिका–३ बस्ने अमृत चौधरी ।
३) वनपैदावार ओसार पसार मुद्दामा १५ दिन कैद सजाय र रु. १६,३२५।– जरिवाना ठहर भएका बर्दगोरिया गाउँपलिका–६ बस्ने मानबहादुर सुनार ।
४) वनपैदावार ओसार पसार मुद्दामा ५ दिन कैद सजाय र रु २६,४१८।– जरिवाना ठहर भएका भएका बर्दगोरिया गाउँपलिका–६ बस्ने महेन्द्र बिश्वकर्मा ।
५) लागूऔषध (गाँजा/चरेश) मुद्दामा १० दिन कैद सजाय र रु. २०००।– जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–४ बस्ने तेजबहादुर धामी।
६) सवारी ज्यान मुद्दामा २ महिना कैद सजाय ठहर भएका लम्की चुहा नगरपालिका–१० बस्ने आइतवारी डगौरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुल्दीप चन्दले बताए। ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...