कृष्णपुरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव सुरु

अत्तरिया- कञ्चनपुर कृष्णपुर नगरपालिका-५ मंगलनगर मोहन तटमा रहेको श्री कृष्ण प्रणामी सेवा धामको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव सुरु भएको छ ।

Dadeldhura hospital

महोत्सवको मंगलबार सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका हुन् । सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव २८ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

Navadurga sun
Godawari sandesh

सप्ताह ज्ञान महायज्ञका आयोजक मूल समिति संयोजक टेक बहादुर भण्डारीले धार्मिक क्षेत्रमा विकास संगै मुख्य उद्देश्य मुर्ति स्थापना साथै धार्मिक पर्यटकीय स्थल संरक्षण प्रचारप्रसार सद्भाव व्यशनमुक्त समाज बाल विकास संस्कार विकासका लागी आयोजना गरिएको जानकारी दिए । उनले आयोजित सप्ताह ज्ञान महायज्ञको लाभबाट मुख्यतया मूर्ति स्थापना धार्मिक पर्यटकीय स्थल संरक्षण शालिग्राम पुजा सहित गणेश, सरस्वती, भगवती, नवदुर्गा, नन्दी, हनुमान र राधा कृष्ण भगवानहरूको मूर्तिको स्थापना गरिने जानकारी दिए ।

उक्त सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव साध्वी भागवताचार्य विदुषी मिरामाता जी मुखार विन्दु बाट प्रमुख कथा वाचक सुरु भए संगै राष्ट्रिय कलाकारहरु द्वारा भजन, गायक, उद्घोषक, संगीतमय कार्यक्रम सञ्चालन भएको छ ।

Loading...