कञ्चनपुर- कञ्चनपुरको कृष्ण प्रणामी सेवा धाममा भोलिदेखि महायज्ञ सुरु हुने भएको छ । कृष्णपुर नगरपालिका-५ मंगलनगर मोहना तटमा रहेको कृष्ण प्रणामी सेवा धाममा भोलि (मंगलवार) बाट महायज्ञ सुरु हुने भएको हो ।
धामको संरक्षण र प्रचारप्रसार गर्न आयोजना गरिन लागिएको महायज्ञको भोलि सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाह, भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा, प्रदेश सभा सदस्य ओम विक्रम भाट (सरल), प्रदेश सभा सदस्य गीता चौधरी लगायतको सहभागीता रहने आयोजकले जनाएको छ ।
धाममा मूर्ति स्थापना, धार्मिक पर्यटकीय स्थल संरक्षण प्रचार पसार गर्न भोली (मंगलबार) देखि फागुन २८ गते सम्म श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो ।
शिवरात्रीको अवसरमा कृष्ण प्रणामी सेवा धामको धार्मीक र पर्यटकीय विकासका लागि महायज्ञ आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । महायज्ञमा मुख्य कथा वाचक साध्वी भागवताचार्य विदुषी मिरामाताजी रहनेछन । धाम क्षेत्रमा स्नान गर्ने तीर्थ स्थल सँगै आर्यघाट निर्माण गर्ने योजना आयोजकले अघि सारेको छ ।