बैतडीमा एक जना मृत अवस्थामा फेला

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

बैतडी- बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सुर्नया गाउँपालिका-२ सतबाँझमा सोमबार बिहान एक जना मृत अवस्थामा फेला परेका हुन् । दोगडाकेदार गाउँपालिका-१ रिमका ३७ वर्षीय विर सिंह कुँवर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक नन्दराज जोशीले बताए ।

आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन आएका कुँवर सोमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत फेला परेका हुन् । कुँवरका श्रीमतीको यस अघि नै मृत्युु भइसकेको र घरमा एक छोरा र एक छोरी छन् । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता समेत रहेका जोशीले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...