कैलाली र कञ्चनपुरबाट ३ जना फरार दोषी पक्राउ

Purbadhar dadeldhura

धनगढी- कैलाली र कञ्चनपुरबाट एकै दिन ३ जना फरार दोषी पक्राउ परेका छन । करणी उद्योगका एक सहित ३ जना शनिवार पक्राउ परेका हुन् ।

Malpot office dadeldhura

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार कैलालीको जानकी गाउँपालिका–३ का सवारी ज्यान मुद्‍दामा दोषी ठहर भएर फरार रहेका सत्य नारायण चौधरी पक्राउ परेका छन । उनलाई जिल्ला अदालतले एक महिना पाँच दिन कैद सजाय ठहर गरेको थियो । कैलालीकै टीकापुर नगरपालिका–६ का रेवन्त कुँवर पक्राउ परेका छन् । कुँवरलाई लागुऔषध मुद्‍दामा १८ दिन सजाय तोकिएको थियो ।

कञ्चनपुरबाट जबरजस्ती करणी उद्योगमा ६ महिना कदै सजाय र तीन हजार जरिबाना तोकिएका ४३ वर्षीय केशव राज भट्ट पक्राउ परेका छन । जिल्लाको दोधारा चाँदनी–१ का भट्टलाई इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीको टोलीले शनिवार पक्राउ गरेको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...