राष्ट्रिय दलित नेटवर्कको अध्यक्षमा ओड चयन

धनगढी- राष्ट्रिय दलित नेटवर्कको अध्यक्षमा मोहन ओड चयन भएका छन् । नेटवर्कको राष्ट्रिय सम्मेलन तथा १६ औँ साधारण सभाले ओडको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ समितिले शनिवार कार्यभार समेत सम्हालेको छ। कार्यसमितिको उपाध्यक्षमा श्याम सुनार, महासचिवमा पार्वती आग्री, कोषाध्यक्षमा जंगबहादुर सुनार र सचिवमा गीता नेपालीलाई चयन गरेको छ। त्यस्तै, सदस्यहरूमा प्रेम बिके, कलावती भाँड, प्रेमकला सोव र दिक्षा सार्की चयन भएका छन्।

सम्मेलनले संस्थापक अध्यक्ष गणेशबहादुर विश्वकर्मालाई संरक्षकको जिम्मेवारी दिएको छ। विश्वकर्माले समितिका अध्यक्षसहित पदाधिकारी र सदस्यहरूलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

Loading...