कैलालीको श्रीपुर खानेपानीको अध्यक्षमा साउँद

अत्तरिया- कैलालीको श्रीपुर खानेपानीको अध्यक्षमा दीर्घ बहादुर साउँद विजयी भएका छन्। जिल्लाको गोदावरी नगरपालिका–७ लालपुरमा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको अध्यक्षमा साउँद निर्वाचित भएका हुन्।

शनिवार चन्द्र बहादुर शाहीलाई पराजित गर्दै साउँद निर्वाचित भएका छन। उनले ४१६ मत ल्याउँदा शाहीले ३४८ मत पाएका छन। समितिको उपाध्यक्षमा भने साउँदको प्यानलबाट उम्मेदवारी दिएकी बिना गोतामे निर्विरोध निर्वाचित भएकी थिइन।

Navadurga sun

समितिको सचिवमा साउँद प्यानलकै खेमराज ओझा निर्वाचित भएका छन। उनी ४ सय मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धि गोपाल सिह साउँदले ३६३ मत पाएका छन। कोषाध्यक्षमा भने शाही प्यानलका खगेन्द्र राज पनेरु निर्वाचित भएका छन। उनी ३९४ मत ल्याउँदै विजयी भएका हुन। उनको प्रतिद्धन्द्धि महानन्द भट्टले ३५६ मत पाए।
सदस्यमा ३ जना साउँद प्यानलका र २ जना शाही प्यानलका विजयी भएका छन। साउँद प्यानलबाट सदस्यहरूमा शेखर पनेरु, घनश्याम जोशी, शुशिल राज उपाध्याय विजयी भएका छन। पनेरु ३९०, जोशी ३८५ र उपाध्याय ३८२ मत ल्याउँदै विजयी भएका हुन। शाहीको प्यानलबाट सदस्यहरूमा मेखराज फुलारा र नन्दा देवी साउँद विजयी भएका छन। फुलारा ३७२ र साउँद ३७५ मत ल्याएर विजयी भएका हुन।

ADD Khali jpg
ADD Khali jpg
Loading...