बाजुराको एक पालिका भित्रै महिला कर्मचारी बिच कुटाकुट

Purbadhar dadeldhura

बाजुरा- बाजुराको एक पालिका भित्रै महिला कर्मचारी बिच कुटाकुट भएको छ । शुक्रवार जिल्लाको बडिमालिका नगरपालिकामा कार्यरत २ महिला कर्मचारी बिच कुटाकुट भएको हो । मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिता कुमारी सुर्यबंसी बिच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको छ । कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा झगडा भएको बुझिएको छ ।

Malpot office dadeldhura

कुटाकुट पछि दुबैलाई चोट लागेको छ । सुर्यबंसी भने अस्पतालमा उपचाररत छन् । तर नगरपालिकाका नगर प्रमुख अमर खड्काले आफु कार्यक्रमकै शिलशिलामा धनगढीमा भएकाले विवाद हुनुको कारण बुझ्न बाँकी नै रहेको बताए ।

उनले नगरपालिकामा विवाद भएको विषय जानकारीमा आए पनि यसको कारण छलफल पछि मात्र थाहा हुने बताए । २ जना बिच व्यक्तिगत विषयलाई लिएर कार्यालयमा झगडा भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बम बहादुर केशीले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...