धनगढी- कैलालीमा बिहीवार विभिन्न मुद्दामा फरार रहेका छ जना पक्राउ परको छन्।बिहीवार तीन जना लागुऔषध मुद्दाका, दुई जना वन मुद्दा र एक जना कुटपिट मुद्दाका गरि छ जना दाषी पक्राउ परेका छन ।
वन मुद्दामा दोषी ठहरीयका घोडाघोडी नगरपालिका–८ का ३८ वर्षीय प्रेमलाल चौधरी, कैलारी गाउँपालिका–६ का ४५ वर्षीय गुलिराम चौधरी र कुटपिट मुद्दाका लम्कीचुहा नगरपालिका–९ का ६९ वर्षीय पदम बहादुर विष्ट पक्राउ परेका छन्। प्रेमलाललाई ७० हजार २२०, गुलिरामलाई १७ हजार ५१० र विष्टलाई दुई हजार जरिवाना तोकिएको थियो ।
यस्तै लागुऔषध मुद्दामा दोषी ठहरीयका धनगढी उपमहानगरपालिका–१३ का २२ वर्षीय सुरज राना, धनगढी–१३ का २२ वर्षीय रबि राना र एक नाबालक पक्राउ परेका छन् । सुरज, रबि र उक्त बालक तीनै जनलाई एक महिना २४ दिन कैद सजाय तोकिएको थियो ।
सजाय तोकेको दिनबाट फरार रहेका ६ जनालाई शुक्रवार पक्राउ गरि अदालत बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताएका छन् ।