भागेश्वर मावि ६१ औं बार्षिकोतसव तथा अभिभावक दिवस सम्पन्न

अत्तरिया- डडेल्धुराको परशुराम नगरपालिका-३ शिर्षमा रहेको भागेश्वर माध्यमिक विद्यालयले वार्षिकोत्सव सम्पन्न गरेको छ । शुक्रबार विद्यालयले ६१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

Ganyapdhura gau

Navadurga sun
Godawari sandesh

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा परशुराम नगरपालिका वडा नं. ३ का अध्यक्ष नरेश खवासको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि परशुराम नगरपालिका नगर प्रमुख भरत बडायर जोशी रहेका थिए ।

Dadhaldhura pur

यस विद्यालयको शैक्षिक गुणस्तर सुधार लागि प्रत्यक्ष र अप्रत्यक्ष रुपले सहयोग गर्ने भुतपूर्व विद्यार्थीहरु लगायत देश तथा विदेशबाट सहयोग गर्ने चन्दा दाताहरुलाई र यस विद्यालयका पुर्व व्यवस्थापन समितीका अध्यक्षहरुलाई एवम् शिक्षक गुरुवर्गलाई उच्च सम्मान तथा मायाको चिनो सहित अभिनन्दन गरिएको थियो । वार्षिकोत्सवको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक नृत्य, गीत, विभिन्न भेसभुषा झल्कने खालका नृत्य लगायतका प्रस्तुति दिएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि वडा नं.२ का अध्यक्ष रमेश बहादुर बोहरा, वडा नम्बर ४ वडा अध्यक्ष बिश्राम सिंह बोहरा, वडा नम्बर ६ वडा अध्यक्ष खगेन्द्र बहादुर सिँह रहेका थिए । त्यस्तै अतिथि वडा सदस्यहरु एवंम कार्यपालिका सदस्यहरु सम्बन्धित सरोकारवाला निकायहरु स्थानीय सरकार प्रमुख प्रतिनिधि, सुरक्षा निकाय प्रतिनिधि प्रमुख, वडा सचिवहरु राजनीति दलका प्रतिनिधि प्रमुख, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि प्रमुख, वित्तीय सघं सस्था प्रमुख प्रतिनिधि, विद्यालय व्यवस्थापन समितीका परिवार, अभिभावकहरु, शिक्षक/शिक्षिका लगायत सम्पुणर् विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Couple
Loading...