कञ्चनपुरबाट एक फरार प्रतिबादी पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट एक फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्लाको पुनर्वास नगरपालिका-६ बस्ने हिमाल मल्ल बिहीवार पक्राउ परेका हुन् ।

मल्ललाई जिल्ला अदालत कञ्चनपुरले किर्ते मुद्दामा १ वर्ष ४ महिना १६ दिन कैद सजाय र १ लाख ५० हजार जरिवाना तोकेपछि उनी फरार रहेका थिए ।

Loading...