कञ्चनपुरको कृष्णपुरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव लाग्दै

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ मंगलनगर मोहन तटमा रहेको श्री कृष्ण प्रणामी सेवा धामको आयोजनामा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धार्मिक महोत्सव लाग्ने भएको छ ।

बिहीबार यही फागुन २२ गते देखि सप्ताह ज्ञान महायज्ञ शुभारम्भ हुन गइरहेको आयोजकले जनाएको छ । उक्त सप्ताह ज्ञान महायज्ञ २८ गते सम्म संचालन हुने भएको हो । सप्ताह ज्ञान महायज्ञका आयोजक मूल समिति संयोजक टेक बहादुर भण्डारीले शिवरात्रिको पावन अवसरमा धार्मिक क्षेत्रमा विकासको लागि मुख्य उद्देश्य मुर्ती स्थापना साथै धार्मिक पर्यटकीयस्थल संरक्षण प्रचारप्रसार सद्भावपूर्ण समाज बाल विकास संस्कार विकासार्थको लागी आयोजना गर्न गरि रहेको बताए । उनले मूर्ति स्थापना धार्मिक पर्यटकीय स्थल संरक्षण शालिग्राम पुजा सहित गणेश, सरस्वती, भगवती नवदुर्गा, नन्दी, हनुमान र राधा कृष्ण भगवानहरूको मूर्तिको स्थापना गर्न गइरहेको जानकारी दिए ।

Navadurga sun

संयोजक भण्डारीले श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ २०८० एतिहासिक आदित्य राष्ट्रशान्ति पितृ मोक्ष एवम् सहस्त्र शालिग्राम पुजा सहित विराट संगीतमय धन-धान्याञ्चल श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ धार्मिक महोत्सव वृहत योगशिविर कलश पुजन शोभायात्रा हुने भएको बताए । उनले ७ दिन सम्म संचालन भैरहेको धार्मिक महोत्सव साध्वी भागवताचार्य विदुषी मिरामाता जी मुखारविन्द बाट प्रमुख कथा वाचक संगै राष्ट्रिय कलाकारहरु द्वारा भजन, गायक, उद्घोषक, संगीतमय कार्यक्रम आयोजना हुने भएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...