अत्तरिया- कैलालीको खुटिया नदीमा अवैध उत्खनन् भईरहेको पाईएको छ । गोदावरी नगरपालिका वडा नम्बर ९ स्थीत धनचौरी र धनगढी उप महानगरपालिका वडा नम्बर ७ र १७ को सिमानामा पर्ने खुटिया नदीमा अवैध उत्खनन् भईरहेको पाईएको हो ।
गोदावरीको धनचौरी र धनगढीको पथरी जोड्ने झोलुङ्गे पुल नजीकै उत्खनन् भईरहेको अवस्थामा बिहिबार दिउँसो स्थलगत अनुगमनका लागि जिल्ला समन्वय समितिको टोली पुगेपछी ट्याक्टरहरु सो क्षेत्रबाट भागेका छन् ।
भागेपछी समितिको अनुगमनकै क्रममा ती ट्याक्टरहरुलाई कारबाहीको दायरामा भने ल्याउन सकेन । संरचना रहेको क्षेत्रबाट पाँच सय मिटर माथी र एक किलोमिटर तलसम्म नदीजन्य पर्दाथ उत्खनन् गर्न नमिल्ने कानुनी व्यवस्था रहेपनि कार्यान्वयन भने हुन सकेको छैन ।