बझाङमा एक पसलमा चोरी

RBB Bank Suvakamana
Purbadhar dadeldhura

बझाङ- बझाङको केदास्यूँ गाउँपालिकामा रहेको एक पसलमा चोरी भएको छ । बझाङको केदास्यूँ गाउँपालिका वडा नम्बर ८ सल्लेधारको सिम्पानी स्कुल नजिकै रहेको स्थानिय रंगलाल धामीको किराना पसलमा सोमबार चोरी भएको हो ।

Malpot office dadeldhura

फागुन १४ गते राति ९ बजेतिर सोहि वडा अन्तर्गत पर्ने रजमाला बस्ने रामकृष्ण जोशीका एक छोरी दुई वटा छोराले किराना पसल तोडफोड गरेर चाउचाउ, बिस्कुट, बिडी, चुरोट, साबुन , रिचार्ज लगायतका सामान चोरी भएको पसले धामीले जानकारी दिए । धामीको पसल पटक,पटक या भन्दा अगाडी चोरी भईरहेको उनले जानकारी दिए। राति खानाखान घर गएको मौका छोपि पसल तोडफोड गरेको जनाएको छ । धामीले करिव २० वर्ष देखि सो पसल चलाउदै आएका छन् ।

मध्य राति सोहि ठाउँको गण्डकी बजारबाट रक्सि खाएर आउने बाटोमा होहल्ला, गाली, झगडा गर्ने लगायतका कृयाकलाप हुने गरेको स्थानियले बताएका छन् । गाउँगाउँ गएर मध्य राति रक्सि खाएर पुरुष नभएको घरमा गएर बालबच्चाहरुलाई तर्साउने, ढोका ढकढक गने, चोरी गर्ने उनीहरुको भनाई छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...