डोटीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक घाइते

RBB Bank Suvakamana
Purbadhar dadeldhura

डोटी- डोटीमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् । बुधवार बिहान ११ बजे तिर शिखर नगरपालिका १० स्थित टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा आदर्श गाउँपालिका-४ का ३२ वर्षीय कृष्ण बहादुर विष्ट घाइते भएका हुन् ।

Malpot office dadeldhura

डडेल्धुराबाट दिपायल तर्फ आउँदै गरेको से १ प ६४५ नम्बरको टिपरले विपरीत दिसा तर्फ गइरहेको सु.प.प्र ०१०११ प ७२६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइते मोटरसाइकल चालक विष्टको टाउकोमा चोट लागेको छ । उनलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । विष्टको अवस्था सामान्य छ ।

टिप्पर डडेल्धुराको आलिताल गाउँपालिका-५ का ४० वर्षीय राम बहादुर धामीले चलाएका थिए । टिप्पर चालक धामीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरि रहेको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...