डडेल्धुरा- नेकपा एमाले डडेल्धुरा जिल्लाको ९ औँ अधिवेशन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्धघाटन गर्ने भएका छन् । जोगबुडाको परशुराम नगरपालिकामा हुने ९ औँ अधिवेशनको उद्धघाटनका लागि ओली डडेल्धुरा जान लागेका हुन् ।
एमाले जिल्ला अधिवेशन फागुन ३० गते हुने बताइएको छ । जिल्ला सदरमुकाम डडेल्धुरामा केन्द्रित हुने अधिवेशन यस पटक भने भित्रिमधेश क्षेत्र जोगबुडाको परशुराम नगरपालिकामा हुने भएको छ । सोमबार अधिवेशन लोगो सार्वजनिक गर्दै एनेकपा एमाले जिल्ला कमिटि डडेल्धुराले ९ औँ अधिवेशन परशुराम नगरपालिका १२ लालढुंगा बजारको रंगशालामा हुने जानकारी दिएको छ ।
एमाले जिल्ला कमिटि संयोजक गजेन्द्र बहादुर शाहीले फागुन ३० गते एमाले केन्द्रिय अध्यक्ष केपी ओलीले उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । अधिवेशनका लागी लोगो समेत बनाईएको थियो । एमाले केन्द्रिय सदस्य पठान सिंह बोहराले लागो सार्वजनिक गरे । नेकपा एमालेको चुनाव चिन्ह सूर्यको भित्रि भागमा ९ औँ, हसिया हथौडाको चिन्ह र डडेल्धुराका सात वटै स्थानीय तहहरुको नक्सासहितको लोगो सार्वजनिक गरिएको छ ।
अधिवेशन सम्पन्न गर्न स्थानीय तहका कमिटिहरु लाई विभिन्न जिम्मेवारी दिईएको संयोजक शाहीले जानकारी दिए । उनका अनुसार परशुराम कमिटिले आवास र भोजनको व्यवस्था गर्ने, अमरगढी कमिटिले यहाँको ताजा तरकारी उपलब्ध गराउने, नवदुर्गाले दाल, गन्यापधुराले दाल, घ्यू लगायत अन्य स्थानीय तहका कमिटिहरुले पनि खाद्यान्न उपलब्ध गराउने गरि जिम्मेवारी तोकिएको छ । ९ औँ अधिवेशनमा जिल्ला अध्यक्षका लागि हाल २ जना उम्मेदवार देखिएका छन ।
हाल संयोजक रहेका गजेन्द्र बहादुर शाही र पूर्व सचिव एवं सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरा अध्यक्षको दौडमा छन । ९ औँ अधिवेशनमा सहमतीको वातरवरण बनाई अध्यक्ष लगायत सिंगो जिल्ला कमिटि गठन गर्ने प्रयासमा रहेको बोहराले बताए । उनका अनुसार एमाले छोडेर सामाजवादी पार्टी तर्फ लाग्नुभएका पूर्व एमाले नेताहरु संग निरन्तर संवाद जारी रहेकाले जिल्ला पदाधिकारीमा पद बाँडफाड गरि नयाँ जिल्ला कमिटि बनाईने प्रयास गरिदै छ ।