कैलालीमा विभिन्न मुद्दामा संलग्न १७ जना फरार प्रतिबादी पक्राउ

Purbadhar dadeldhura

धनगढी- कैलालीमा विभिन्न मुद्दामा संलग्न १७ जना फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्लामा बसेर विभिन्न अपराधमा संलग्न दोषीहरु धमाधम पक्राउ पर्न थालेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कैलाली प्रहरीका अनुसार बहुविवाह देखि हत्यामा संलग्न सम्मै अदालतबाट दोषी ठहर भएका तर फरार रहेकाहरु धमाधम पक्राउ पर्न थालेका हुन् । प्रहरीले यही फागनु १३ र १४ गते कैलालीबाट १७ जना फरार दोषीहरुलाई पक्राउ गरी अदालतमा उपस्थिती गराएको प्रहरीले जनाएको छ ।

Malpot office dadeldhura

प्रहरीले लागुऔषध (नाईट्रोभेट/खैरो हिरोईन) मुद्दामा १६ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका-१ का शम्भु सेवालाई पक्राउ गरेको छ । त्यस्तै लागु ौषध (खैरो हिरोइन) मुद्दामा १९ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका-१ का बिबेक नेपाली, लागुऔषध (नाईट्रोभेट) मुद्दामा १९ दिन कैद सजाय ठहर भएका धनगढी उपमहानगरपालिका-८ का भक्तु राना, बहुबिबाह मुद्दामा १ बर्ष कैद सजाय र ५ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१२ का बहादुर थापा र चोरी मुद्दामा १९ दिन कैद सजाय र २ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका-१ का अर्जुन चौधरी पक्राउ परेका छन् ।

प्रहरीले नाता कायम मुद्दामा २ सय ५० जरिवाना ठहर भएका टीकापुर नगरपालिका-९ कि आस्था कुँवर, चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका जानकी गाउँपालिका-८ का निर्प बहादुर भण्डारी, चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका टीकापुर नगरपालिका-९ का तुल बहादुर धामी र चेक अनादर मुद्दामा १ हजार ८ सय जरिवाना ठहर भएकि टीकापुर नगरपालिका-१ कि शोभासिंह ठकुरीलाई पक्राउ गरेर अदालतमा उपस्थिती गराइएको छ ।

त्यस्तै लागु औषध मुद्दामा ९ वर्ष ९ महिना २२ दिन कैद सजाय र १ लाख जरिवाना ठहर भएका लम्कीचुहा नगरपालिका-१ लम्कीका भुपेश भन्ने शिशिर थापा, टीकापुर नगरपालिका-१ का जुवा मुद्दामा फरार नृप बहादुर बिष्ट, टीकापुर नगरपालिका-१ कै गाली बेइज्जती मुद्दामा फरार भएकी संगिता कुवँर र टीकापुर नगरपालिका-१ का गाली बेइज्जती मुद्दामा फरार मीन बहादुर कुवँर पक्राउ परेका छन् । त्यस्तै भजनी नगरपालिका-७ का जालसाँची मुद्दामा फरार राम चुन्नी डगौरा थारु, भजनी नगरपालिका-७ कै जाल साँची मुद्दामा फरार खुशीराम डगौरा, भजनी नगरपालिका-१ का चेक अनादर मुद्दामा फरार पुरन जैशी र जानकी गाउँपालिका-१ का ज्यान मार्ने मुद्दामा ५ बर्ष कैद सजाय ठहर भएका सोनु बोगटी पक्राउ परेका छन् ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...