धनगढी- कैलालीको धनगढी घर भएकी पूजा विष्ट १० दिन देखि बेपत्ता छिन् । धनगढी उपमहानगरपालिका–३ बोराडाँडी स्थित शिवनगर टोलकी पुजा यही फागुन ६ गते बाट बेपत्ता भएको आमा हरुदेबी विष्टले बताएकी छन्।
श्रीमानले बेवास्ता गरेर माइती घरमा बस्दै आएकी पुजा एकाएक घरबाटै हराएको भन्दै उनकी आमाले खोजीकार्यमा सहयोग गरिदिन सबैलाई आग्रह गरेकी छन् ।
पछिल्लो केहि समययता पुजाको मानसिक अवस्था समेत विग्रदै गएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा भर्ना समेत गरिएको थियो । पुजाको साढे तीन वर्षको छोरा समेत छ। घरकी एक्ली छोरी पुजा त्यस माथि औषधि खाइ राख्नुपर्ने अवस्थामा घरबाटै गायब भएपछि सानो नातीलाई सम्माल्नै समस्या भइरहेको मामा हरुदेबीले गुनासो गरेकी छन् ।
सानो टिनले छाएको घरमा आमा, छोरी र नाति मात्र थियौँ, अब छोरी पनि गायब भएपछि नातिको बिचल्ली भएको उनको गुनासो छ। पुजालाई कहिँकतै फेला परेमा ९७०६५८२४४१ मा सम्पर्क गरी सहयोग गरि दिन हुन आफन्तले अनुरोध गरेका छन्।