अत्तरिया- कैलालीको अत्तरियामा रहेको बौद्धगुम्बामा चौथो विश्व शान्ति महायज्ञ पूजा सम्पन्न भएको छ । चौथो विश्व शान्ति पूजाको सोमबार पाँचौ दिन एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।




समापन कार्यक्रमको अध्यक्षता अहिंसा बादि बौद्ध गुम्बा अत्तरियाका अध्यक्ष गोपाल तामाङ रहनु भएको कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशकी पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुन कुमारी चौधरी रहेकी थिइन ।





कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा पूर्व माननिय मन्त्रि चुन कुमारी चौधरीले सुदूरपश्चिमको प्रबेशद्वार तथा पर्यटकीय छेत्रमा रहेको यस गुम्बालाइ माननिय हुँदा सहयोग गरेको र फेरी पनि आफ्नो सहयोग रहने बताइन । गुम्बाले पनि चन्दा सङ्कलन गरेर भए पनि अधुरो निर्माण कार्य पुरा गर्नुपर्ने र उनले अरु ठाउँमा पनि सहयोग गर्नु पर्ने भएकोले यता तिर सहयोग गर्न अफ्ठयारो भएको म आफैंले शिलान्यास गरेको गुम्बाको सहयोग गर्ने काममा कहिल्यै पनि पछि नहट्ने बताइन । गुम्बामा धेरै जना आदिबासि भएको हुँदा आफुलाई धेरै सहयोग गर्न मन लाग्ने र रितिरिवाज, परम्पराहरु बचाउन धार्मिक कार्यक्रमहरु सँचालन गर्नु पर्ने बताइन ।



बिशिष्ट अतिथि अहिंसा बादि बौद्ध धर्म बिस्व शान्ति चक्र संघका केन्द्रिय महासचिव धर्म गुरु प्रेम दोरजे बल लामा रहेका थिए ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि बौद्ध धर्म बिश्व शान्ति चक्र संघका केन्द्रीय महासचिव धर्म गुरु प्रेम दोर्जे बल लामाले गौतम बुद्ध जन्मेको देश नेपालमा बौद्ध धर्म ओझेलमा पर्दै गएको बताए । शिक्षा क्षेत्रमा बौद्ध धर्म सम्बन्धी शिक्षामा कमि आएको बुद्ध भगवानका उपदेश तथा पँचसिलको सिद्धान्त अवलम्बन गर्नेहरुमा कमि आएको समेत बताए ।
चौथो विश्वशान्ति महायज्ञ पूजा फागुन १० गतेबाट सुरु भएको कार्यक्रम फागुन १४ गते समापन भएको छ । चौथो विश्वशान्ति महायज्ञ पूजा ५ दिनसम्म चलेको थियो । कार्यक्रममा महायज्ञ र पुजा तथा बुद्ध धर्मको पबित्र ग्रन्थ त्रिपिटकको ग्रन्थ पाठ गरिएको थियो । अहिंसाका पुजारी भगवान गौतम बुद्धको पुजा गरेर मात्र होईन मानव अधिकार र पशुपंक्षी अधिकार र शाकाहारी समाजको निर्माण गर्नु पर्छ । पशु हत्याको बिरोध गर्नु पर्छ । बिश्वमा अशान्ति र हिंसा बढिरहेको छ । यसको लागी बुद्धले दिएका उपदेशहरु सान्दर्भिक देखिन्छन् । अत्तरिया लामिताल नजीकै रहेको उक्त गुम्बा पर्यटकिय रुपले पनि महत्वपूणर् रहेको छ गुम्बाको थप भबन ३ बर्ष देखि अर्ध निर्मित अबस्था मा छ । सुदूरपश्चिम सरकारको उद्ध्योग पर्यटन बन तथा वातावरण मन्त्रालय मार्फत निर्माण सुरु गरिएको लगभग १५ लाख बजेटबाट २०७७ माघ ११ गते निर्माण कार्य सुरु भएको र सो रकम अपर्याप्त भएपछि बाँकी काम अधुरो रहेको छ । यस बौद्ध गुम्बाको स्थापना २०६३ सालमा भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य अहिँसा बादि बौद्ध गुम्बा अत्तरियाका प्रमुख लामा गणेश मोक्तानले गरेको कार्यक्रमको संचालन नेपाल मगर सङ्घ सुदूरपश्चिम प्रदेशका बरिष्ठ उपाध्यक्ष नर बहादुर थापाले गरेका थिए ।




