सुदूरपश्चिममा दादुरा–रुबेला बिरुद्धको खोप अभियान सुरु

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिममा दादुरा–रुबेलाबिरुद्धको खोप अभियान सुरु भएको छ । दादुरा–रुबेला बिरुद्धको खोप अभियान २०८०/८१ अन्तरगत यस प्रदेशमा आजबाट खोप सुरु गरिएको हो । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालामा आज स्वास्थ्य निर्देशनालय डोटीले एक कार्यक्रमका गरि खोप अभियानको सुरु गरेको हो ।

Malpot office dadeldhura

स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गरेर सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले खोप अभियानको शुभाम्भ गरे । कार्यक्रममा बोल्दै मन्त्री साउदले सरकारले लिएको दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य प्राप्त गर्न सबै प्रदेशबासीलाई खोप अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । उनले भने ‘बालबालिकालाई रोग लाग्न नदिनु सरोकारवाला सबैलाई खोप अभियानमा सहभागी हुन आग्रह गर्दछु । प्रदेशका सम्पूर्ण लक्षित बालबालिकामा खोप अभियान पुग्ने विश्वास व्यक्त गर्दै उनले अभियान सफल हुने पनि विश्वास व्यक्त गरे ।

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह ‘निर्मल’ले सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बताए । दादुरा रोग निवारण गर्न सरकारले ठूलो लगानी गरेको छ । यो अभियान सफल बनाउन प्रदेशका सबै जनता अभियानमा जोडिनु पर्छ ।’ सुदूरपश्चिममा बढिरहेको बाल मृत्युदर घटाउन पनि सबैले सचेत भएर खोप अभियानमा जोडिन पर्ने उनले बताए । खोप अभियानमा कोही पनि लक्षित बालबालिका छुट्न नहुने उनको भनाइ थियो ।

कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक डा.जगदीश जोशीले दादुराबिरुद्धको खोप लगाउन डराउनु पर्ने अवस्था नभएको बताए । उनले भने ‘खोप निःशुल्क,सुरक्षित र स्वास्थ्यबद्र्धक छ । खोपमा शंका गर्नुपर्ने छैन् ।’ प्रदेशभरी पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको बताउँदै नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि खोप लगाइने बताए । उनले भने कैलाली र कञ्चनपुरमा नौ महिनादेखि १५ बर्ष मुनिका र अन्य जिल्लामा नौ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई खोप लगाउने योजना छ । आज प्रदेशभरी नै अअभियान सुरु भएको उनले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...