अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा आज फाल्गुन १३ गते आईतबार देखि दादुरा–रुबेला खोप अभियान सञ्चालन सुरु भएको छ । दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले यहि फाल्गुन १३ गतेदेखी चैत्र ७ गतेसम्म देशका ७५ ओटा जिल्लामा यो अभियान सञ्चालन गरेको छ ।
स्वयमसेविकासंगको सहकार्यमा अभिभावकले खोपकेन्द्रसम्म पुर्याउनु पर्नेछ । नगरपालिकाको स्वास्थ्य शाखाले ९ दिनसम्म सञ्चालन गर्ने यो अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ ।
अभियान सञ्चालनकालागि स्वास्थ्यकर्मी र स्वयमसेविका गरी १ सय १३ जना खटिने प्रमुख अवस्थीले बताए । यसैबच गोदावरी नगरपालिकाले नगरका सबै स्वास्थ्यकेन्द्रमा रहेका स्वास्थ्कर्मीलाई दादुरा–रुबेला खोप अभियान सम्बन्धी अभिमुखीकरण गरेको छ ।