अछाम- अछामको मेल्लेख गाउँपालिकास्थीत एक घरमा आगलागी भएको छ । आज (शनिवार) बिहान जिल्लाको मेल्लेख गाउँपालिका-४ मा राफाका किट्टे साउँदको घरमा आगलागी भएको हो ।
आगो निभाउँने क्रममा साउँद जलेर घाइते भएका छन् । आगलागीबाट घरभित्र रहेका कपडा, खाद्ययान्न लगायतका सामान जलेर अन्दाजी २ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । खाना पकाउने क्रममा चुुलोबाट आगो सल्किन गई आज (शनिवार) बिहान १० बजेतिर आगलागी भएको हो ।

