कैलारी गाउँपालिकाबाट अबैध काठ बरामद

Dadeldhura hospital

धनगढी- कैलालीको कैलारी गाउँपालिकाबाट अबैध काठ बरामद गरिएको छ । कैलारी गाउँपालिका वडा नम्बर १ दम्मारा स्थित कटैनी नदीको छेउमा लुकाई छिपाई राखेको सिसमको गोलिया थान १० (क्युफिट- ८४.७४) र आपको गोलिया थान २ (क्युफिट -१२.४२) ईलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरी टोलीले शुक्रवार दिउँसो बरामद गरेको जनाएको छ ।

उक्त काठ वेवारिसे अवस्थामा फेला पारि बरामद गरेको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ । बरामद गरेको काठ आवश्यक कारवाहीको लागि प्रहरीले सब डिभिजन वन कार्यालय बसन्ता कैलालीलाई बुझाएको बताएको छ ।

Loading...