धनगढीबाट लागूऔषध सहित ६ जना युवक पक्राउ

Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीबाट लागूऔषधसहित ६ जना युवक पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट ४०० मिलिग्राम लागूऔषध सहित कन्चनपुरको पुनर्वासनगरपालिका-१० भिमबस्ती बस्ने २३ वर्षीय नविन सुनार सहित चार जनालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

Malpot office dadeldhura

यी चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका-२ फनपार्कबाट १ ग्राम ५०० मिलिग्राम लागूऔषध सहित बझाङको दुर्गाथली गाउँपालिका-७ बस्ने १९ वर्षीय रोहित सिंहलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । रोहितलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यस्तै धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट ११० मिलिग्राम लागूऔषध सहित डोटीको शिखर नगरपालिका-८ बस्ने २१ वर्षीय कबिर बलायरलाई पनि शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । बलायरलाई पनि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...