कैलालीको गोदावरी नगरपालिकामा भोली देखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुदै

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा आइतबार देखी (फाल्गुन १३ गते) दादुरा–रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले यहि फाल्गुन १३ गतेदेखी चैत्र ७ गतेसम्म देशका ७५ ओटा जिल्लामा यो अभियान सञ्चालन गर्दै छ ।

त्यसै अनुरुप दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न नगरका ९५ विद्यालयमा खोपकेन्द्र तोकिएको गोदावरी नगरपालिका स्थास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन् । उक्त अभियानमा ९ महिना देखी १५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाईनेछ ।

Malpot office dadeldhura

विद्यालय बाहिरका बालबालिकालाई स्वयमसेविकासंगको सहकार्यमा अभिभावकले खोपकेन्द्रसम्म पुर्याउनु पर्नेछ । नगरपालिकाको स्वास्थ्य शाखाले ९ दिनसम्म सञ्चालन गर्ने यो अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ ।

अभियान सञ्चालनकालागि स्वास्थ्यकर्मी र स्वयमसेविका गरी १ सय १३ जना खटिने अवस्थीले बताए । यसैबच गोदावरी नगरपालिकाले नगरका सबै स्वास्थ्यकेन्द्रमा रहेका स्वास्थ्कर्मीलाई दादुरा–रुबेला खोप अभियान सम्बन्धी अभिमुखीकरण गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार उक्त स्वास्थ्यकर्मीका लागि अभिमुखीकरणको आयोजना गरेको हो।

add haru
Dadeldhura Aspatal & Ban
Loading...