कैलालीको टीकापुरमा साढे ७ करोड भन्दा बढीको लागतमा शीत भण्डार निर्माण थालियो

कैलाली- कैलालीको टीकापुर नगरपालिकामा साढे ७ करोड भन्दा बढीको लागतमा शीत भण्डार गृहको निर्माण कार्य थालिएको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुर वडा नम्बर १ मा शीत भण्डार गृह निर्माण सुरु गरिएको हो।

आयोजना कोअर्डिनेटर कलशराम चौधरीका अनुसार १ हजार मेट्रिक टन क्षमता रहेको शीत भण्डार निर्माणमा आयोजनाको ८० प्रतिशत र जल उपभोक्ताको २० प्रतिशत गरी कूल ७ करोड ६ लाख ६९ हजार ६९० लागत रहेको छ।एक हजार मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणका लागि २५ प्रतिशत किसानले लगानी गर्नेछन् भने बाँकी ७५ प्रतिशत कार्यान्वयन इकाईले गर्ने जनाएको छ। शीत भण्डार गृह १४ महिनामा निर्माण सम्पन्न हुने जनाइएको छ ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषि कार्यक्रम कार्यान्वयन एकाइले टीकापुरमा शीत भण्डार निर्माण गर्न थालेको छ। एकाइ र उपभोक्ताको लागत तथा सहभागितामा शीत भण्डार निर्माण हुने भएपछि त्यहाँका किसान खुसी भएका छन्। संयुक्त प्रयासमा शीत भण्डार निर्माण थालिएको भन्दै किसानले उत्पादन गरेका वस्तु टाढाका बजारसम्म पु¥याउनुपर्ने बाध्यताको अन्त्य हुने रामबहादुर चौधरीले बताए ।

बीउका लागि उत्पादन भएका वस्तु घरमा राखेर सम्भव नहुने र टीकापुरमै शीत भण्डार निर्माण भएपछि किसानलाई फाइदा पुग्ने बताए। योसँगै उत्पादन भएका तरकारी भण्डारण गरी बजारीकरण गर्न सकिने र सिजनमा उत्पादित तरकारी तथा फलफुलले राम्रो बजार पाउने बताए। सिजनमा क्विन्टलको हिसाबले उत्पादन हुने आलु र प्याज बजारको मूल्य निकै कम हुँदा लागत उठाउन समस्या त्यो समस्या हटेको बताए । भण्डारण गरेर पछि बिक्री गर्दा प्रशस्त आम्दानी लिन सकिने किसानको भनाई छ। टीकापुर र लम्कीचुहा नगरपालिका तथा जानकी गाउँपालिकाका किसानले यसबाट लाभ प्राप्त गर्न सक्ने शीत भण्डार निर्माण समितिका अध्यक्ष कुमारराज शाहीले बताए ।

आयोजना निर्माणमा अधिकांश लगानी र सहभागिता किसानकै रहेकाले त्यसको बढी फाइदा किसानले लिन सक्ने शाहीले बताए । स्वयमं किसान रहेको र केही कृषि सहकारीले पनि शेयर लगानी गरेकाले यसको संरक्षण र सम्बर्द्धन गर्न जोड दिए।किसानबाट समयमा लागत सङ्कलन हुन नसक्दा तीन वर्ष इकाईले विनियोजन गर्दै आएको करिब रु छ करोड बजेत फ्रिज जाने गरेको थियो ।आयोजना कोअर्डिनेटर कलशराम चौधरीले अहिले किसानको पूर्ण सहयोगमा शीत भण्डार निर्माणले सार्थकता पाउन लागेको बताए। उनले शीत भण्डारको ठेक्का सम्झौता भइसकेको र विश्व बैंकका प्रतिनिधिले यसको अनुगमन समेत गरिसकेको बताए । अनुगमनको प्रतिवेदन अध्ययन गरेर बाँकी काम अगाडि बढाउने तयारी भएको उनले बताएका छन्।

आगामी डिसेम्बर १५ भित्र शीत भण्डार निर्माण सम्पन्न भैसकेपछि व्यावसायिक कृषि गर्दै आएका किसानलाई सहज हुने आयोजना कोअर्डिनेटर चौधरीले बताए । राज्यले कृषि क्षेत्रका लागि अर्बौँको लगानी गरेको छ । उत्पादनका लागि ठूलो खर्च हुँदा बजारीकरणमा शीत भण्डारले सहजीकरण हुने उनले बिश्वास लिएका छन् । किसानले शीत भण्डारबाट मौसममा उत्पादन गरेका वस्तुलाई बेमौसमको समयमा राम्रो र उचित मुल्यमा बिक्री गर्न सक्ने बिश्वास दिलाए ।किसानबाट लागत रकम सङ्कलन हुन नसक्दा अपुग रकम टीकापुर नगरपालिकाले उपलब्ध गराएपछि निर्माण प्रक्रिया अगाडि बढेको हो। कृषि र पर्यटन क्षेत्र प्रमुख स्रोतका रुपमा रहेकाले यसको संरक्षण र प्रवर्द्धनमा नगरपालिकाको सदैव सहयोग रहने नगर प्रमुख रामलाल डगौरा थारुको भनाई छ।

टीकापुर नगरपालिकाले पनी प्राथमिकता कृषि र पर्यटन क्षेत्रमा रहेको भन्दै कृषिबाट टीकापुरलाई समृद्ध नगर बनाउन सकिने बताए । यस्का लागी समन्वय र सहकार्य गर्न तयार रहेको र किसानलाई उत्साहित बनाउने तर्फ नगरपालिका अघि बढेको उनको भनाई छ। उन्नत बीउ उत्पादनका लागि कार्यान्वयन एकाइ र नगरपालिकाको सहजीकरणमा संयुक्त योजना बनाएर काम गर्ने सहमति भएको नगर प्रमुख थारुले जानकारी दिए । साथै किसानलाई चाहिने उन्नत जातका बेर्ना उत्पादन गरेर वितरण गरिने उनको भनाई छ। टीकापुर क्षेत्रमा उत्पादन राम्रो भए पनि बजारीकरणको समस्या रहेकाले शीत भण्डार निर्माण भएपछि त्यो समस्याको समाधान हुने उनले प्रतिबद्धता ब्यक्त गरेका छन् ।

Loading...