सूर्योदय वोमी लघुवितद्धारा २ लाख बीमा रकम हस्तान्तरण

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं.४ बसन्तपुरमा रहेको सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड को शाखा कार्यालयले बीमा रकम प्रदान गरेको छ ।

सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड बसन्तपुर शाखा कार्यालयले गोदावरी स्थित बिजय कुमारी मगरलाई निजको श्रीमानको मृत्यु बाफत २ लाख रुपैया हस्तान्तरण गरेको हो ।

Malpot office dadeldhura

बिगत ३ वर्ष देखि बसन्तपुर शाखा कार्यालयबाट बित्तिय कार्यक्रममा आवद्द सदस्यको श्रीमानको अल्पआयु मै निधन भएको प्रति दुख व्यत्त गर्दै संस्थाको कर्जा सुबिधा अन्तर्गत सुर्योदय वोमी लघुवित्त मार्फत स्थानिय भद्र भलादिमी, वडाका जनप्रतिनिधि तथा शाखाका कर्मचारी सरिता कुमारी सिंह, सुर्मिला चौधरी सहित निज सदस्यको घरमा नै एक कार्यक्रम गरि सो रकम हस्तान्तरण गरेको हो ।

सुर्योदय वोमी लघुवित्तले समस्यामा परेका सदस्यहरुलाई सहयोग गरेको प्रति धन्यबाद दिदै आगामी दिनमा समेत थप सेवा सुबिधा सहित कार्यक्रम गर्न स्थानिय जनप्रतिनिधिले सुझाब दिएका छन् ।

उक्त कार्यक्रममा बोल्दै शाखा प्रमुख दिपक महराले सस्था संग जोडिएका हरेक सदस्यहरु सदस्य मात्र नभएर एउटा परिवार नै भएको र सकेसम्म सबैको समस्यालाई संस्थागत नीतिनियम भित्र रही आगामी दिनहरुमा थप सेवा सुविधाका कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडी बढने आस्वासन व्यक्त गरेका छन् । हाल सुर्योदय वोमी लघुवित्त बित्तिय संस्था लिमिटेड ललितपुर कर्पोरेट कार्यालय रही देश भरि नै १७३ वटा शाखा कार्यालय मार्फत करिब १ लाख ८५ हजार जना सदस्यलाई बित्तिय सेवा दिईरहेको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...