धनगढी- कैलालीको धनगढीबाट अबैध माछा बरामद बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-१२ जुगेडाबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २८ हजार ७२० मूल्यको माछा, चिनी, प्याज, बिडी, सुर्ती, सरप लगायतका सामान बुधवार साँझ बरामद गरिएको हो ।
माछासहित उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।