कैलालीमा चार सय भन्दा बढी गाईगोरुका कंकाल फेला

Purbadhar dadeldhura

धनगढी– कैलालीको गोदावरी नगरपालिका–९ को लक्ष्मी महिला सामुदायिक वनमा चार सय भन्दा बढी गाईगोरुका कंकाल फेला परेका छन् । सामुदायिक वनभित्रको कान्जी हाउस वरिपरि यत्रतत्र छरिएको अवस्थामा चार सय बढी गाईगोरुका कंकाल फेला परेका हुन् ।

स्थानीयको खेतीपाती नोक्सान गरेको भन्दै वडाध्यक्ष रामलाल रानाको रहोबरमा गत साउन २ गते बसेको बैठकले लक्ष्मी महिला सामुदायिक वनभित्र पशुचौपाया राख्ने निर्णय गरेको थियो । सामुदायिक वनभित्र तारबार लगाएर राखिएका पाँच सयभन्दा बढी चौपायामध्ये चार सय बढी मरेका हुन् । सामुदायिक वनमा तारबार गरेर छाडा पशुचौपाया राख्ने र हरेक घरबाट महिनामा एक सय रुपैयाँ उठाएर हेरालु राख्ने निर्णय भएको थियो ।

लक्ष्मी सामुदायिक वनकी अध्यक्ष अनिता चौधरीले वडाध्यक्ष रामलाल रानाले छाडा पशुचौयापाका लागि वडामा बजेट नभएको बताएपछि हरेक घरबाट एक सय रुपैयाँ संकलन गरेर ६ जना हेरालुसमेत राखिएको जानकारी दिइन् ।

भदौदेखि मर्न थालेका चौपाया माघसम्म निरन्तर मर्ने क्रम नरोकिँदा पनि वडाध्यक्ष रामलाल रानाले आफूलाई कुनै जानकारी नै नभएको बताए ।

Malpot office dadeldhura

वडा नम्बर ९ को कार्यालय र कान्जी हाउस नदीको वारि–पारि छ । वडा कार्यालयमा एक जना पशु स्वास्थ्यकर्मी पनि छन् । हेरालुले गाई मरिरहेको खबर गाउँभरि फैलाएको स्थानीय बताउँछन् ।

वडा कार्यालयको लापरवाहीकै कारण पशु चौपाया मरेको स्थानीयको आरोप छ । वडा कार्यालयका पशु स्वास्थ्यकर्मी रोशन पन्तले पनि कान्जी हाउसका पशु मरेको कुरा आफूलाई थाहा नभएको बताए । वडा कार्यालयको भवनमै रहेको पशुपन्छी उपचार केन्द्रबाट कान्जीहाउस बढीमा पाँच सय मिटरको दूरीमा छ ।

सामुदायिक वनमा २/३ कठ्ठामा तारबार लगाइएको छ । त्यसभित्र पाँच सयभन्दा बढी पशुचौपाया राखिएको थियो । त्यसमध्ये चार सय मरिसकेका छन् । मरेका केही पशुचौपाया तारबारभन्दा बाहिर यत्रतत्र फालिएका छन् भने आधाभन्दा बढी तारबारभित्रै छन् ।

तारबारभित्र अहिले पनि एक सय २० गाईगोरु राखिएका छन् । ती गाईगोरु मरेका गाई गोरुको सिनो वरिपरि बस्न बाध्य छन् । भदौबाट मर्न थालेका पशुचौपाया माघसम्म लगातार मरेको हेरालु नरबहादुर बोहराले बताए ।

हिउँदको कठ्यांग्रिँदो चिसोमा पशुचौपाया खुला आकाशमै राखिएका थिए भने खानाका लागि कुनै व्यवस्था गरिएको थिएन ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...