कैलालीको भाँसु भीर नजिकै विस्फोट हुँदा चालक सहित ४ घाइते

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अत्तरिया- कैलालीको चुरे स्थित भाँसु भीर नजिकै विस्फोट हुँदा एक जना चालक सहित ४ जना घाइते भएका छन् । उनीहरू मध्ये २ जना सिकिस्त रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा जेसीबी चालक सहित कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा र कञ्चनपुरका नवीन देव अवस्थी रहेका छन् ।

Malpot office dadeldhura

चालक बाहेक घाइते ३ जनाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भैरहेको छ । बुधवार जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा विस्फोट भएको हो ।

जेसीबीले भीमदत्त राजमार्ग अन्तरगत सडक-बाटो मर्मत एवं चौडा गर्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख (एसपी) पदम बहादुर बिष्टले जानकारी दिए । उनका अनुसार सो विस्फोटक पदार्थ माओवादी काल (सशस्त्र द्वन्द्व) को हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले घटनास्थलको जाँचबुझ र थप अनुसन्धान गरिरहेको जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...