कैलालीको गोदावरी नगरपालिका कार्य सम्पादन मूल्याङ्कनमा प्रथम

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा ४२.७८ अङ्क प्राप्त गर्दै प्रथम भएको छ । जिल्लामा कार्य सम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गर्दै गोदावरी नगरपालिका प्रथम भएको हो भने, ४२.४३ अङ्क प्राप्त गर्दै घोडाघोडी नगरपालिका दोस्रो भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको विवरण अनुसार सबै भन्दा कम अङ्क गौरीगंगा नगरपालिकाले प्राप्त गरेको छ । गौरीगङ्गाले १७.७५ अङ्क मात्रै पाएको हो । कार्य सम्पादन मूल्याङ्कनमा कैलारी गाउँपालिकाले ४१.३८ अङ्क, जानकी गाउँपालिकाले ३६ं.४८ अङ्क, धनगढी उपमहानगरपालिकाले ३४.७३ अङ्क र टिकापुर नगरपालिकाले ३३.५२ अङ्क पाएको छ ।

Navadurga sun

त्यसैगरी जोशीपुर गाउँपालिकाले २८.१३ अङ्क, चुरे गाउँपालिकाले २७.८८ अङ्क, बर्दगोरीया गाउँपालिकाले २५.६३ अङ्क, मोहन्याल गाउँपालिकाले २४.५५ अङ्क भजनी नगरपालिकाले २३.२८ अङ्क र लम्किचुहा नगरपालिकाले १९.५१ अङ्क प्राप्त गरेको छ । कार्य सम्पादन मूल्याङ्कनका लागि १७ वटा सूचक राखिएका थिए ।

कार्यसम्पादन मूल्याङ्कनमा प्रयोग गरिएका सूचकहरु

१. पालिकाहरूले २०८० असार १० गतेभित्र आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा तथा नगर सभामा पेस गरे/नगरेको ।
२.गाउँ कार्यपालिका नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभा वाट २०७९ असार मसान्त भित्र पारित गरे/नगरेको ।
३.स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० मा घर जग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर बाफत उठेको रकम मध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको ।
४.स्थानीय तहले आ.व.२०८१/०८२ को आय व्यय प्रक्षेपण गरिएको तथ्यांक सहितको विवरण २०७९ पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे/नगरेको ।
५.स्थानीय तहले आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी त्यस सम्बन्धी विवरण २०७९ कार्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको ।
६. आर्थिक वर्ष २०७९/०८० को राजश्व सङ्कलनको प्रक्षेपित लक्ष्य, यथार्थ राजश्व सङ्कलन रकम, सूचक ६.३ आर्थिक वर्ष २०७८/०७९ को यथार्थ राजश्व सङ्कलन रकम ।
७. आर्थिक वर्ष २०७९/०८० मा कुल विनियोजित रकम । कुल खर्च रकम । कुल पुँजीगत विनियोजित रकम र कुल पुँजीगत खर्च रकम ।
८.आर्थिक वर्ष २०७८/०७९ को कुल लेखा परीक्षण भएको रकम । आर्थिक वर्ष २०७८/०७९ मा कायम भएको बेरुजु रकम ।
९.स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीको प्रयोग गरे/ नगरेको ।
१०. स्थानीय तहले आवधिक योजना तर्जुमा गरे/नगरेको ।
११.शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्म ५ देखि १२ वर्ष उमेर समूहका जम्मा भर्ना भएको विद्यार्थी संख्या । शैक्षिक सत्र २०८० मा ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकाको संख्या ।
१२.शैक्षिक सत्र २०७९ मा कक्षा ८ मा रहेका विद्यार्थी संख्या । शैक्षिक सत्र २०८० मा कक्षा ९ मा रहेका विद्यार्थी संख्या ।
१३. शैक्षिक सत्र २०७९ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा सहभागी कुल विद्यार्थी सङ्ख्या। शैक्षिक सत्र २०७९ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परीक्षामा कम्तीमा ‘डी’ वा सो भन्दा उच्च ग्रेड सहित उत्तीणर् विद्यार्थी संख्या ।
१४.आर्थिक वर्ष २०७९/०८० मा अनुमानित गर्भवती महिलाको संख्या । ४ पटक गर्भ जाँच गर्ने महिलाको संख्या ।
१५. आर्थिक वर्ष २०७९/०८० मा संस्थागत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको संख्या ।
१६. आर्थिक वर्ष २०७९/०८० मा २४ महिनासम्मका बालबालिकाको अनुमानित संख्या । पूणर् खोप पाएका बालबालिकाको संख्या ।
१७. आयोगले तयार गरेको विद्युतीय अनलाइन पोर्टलमा कार्य सम्पादन सूचक सम्बन्धी विवरण तोकिएको अवधिमा प्रविष्टि गरे/नगरेको ।

ADD Khali jpg
ADD Khali jpg
Loading...