अत्तरियाको लामिताल परिसरमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न





अत्तरिया- कैलालीको अत्तरिया स्थित लामिताल परिसरमा महाशिवरात्रीको अवसरमा थ्रिडिभिएल क्रियसनले बिहीबार बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।





बृहत सांस्कृतिक कार्यक्रममा दर्शकहरुको सहभागिता उलेख्य मात्रामा रहेको पाइएको थियो भने बिभिन्न सांकृतिक कार्यक्रम राखिएको थियो । जसले गर्दा लामो समय सम्म कोरोना महामारीका कारण प्रत्यक्ष रुपमा कलाकारहरुका अगाडी दर्शकहरुले रमाउन पाए ।


कार्यक्रममा सुदूरपश्चिमका चर्चित देउडा गायक भुवन दाहाल, लोक पप गायक चेतन बोहरा संगै स्थानीय कलाकारले दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले कार्यक्रम आफूहरुले सोच भन्दा राम्रो भएको प्रतिक्रिया दिए । कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।

सांस्कृतिक कार्यक्रम संचालनको लागि रकम जुटाउन आयोजकले चिठ्ठा प्रतियोगिताको पनि आयोजना गरेको थियो । जसमा अत्तरियाका दान मडै प्रथम भएका छन । उनले पुरस्कार बाफत कम्प्युटर जितेका थिए । प्रतियोगितामा द्वितीय हुनेले साईकल, तृतीय हुनेले साधा मोबाईल सेट र अन्य १० जनाले सान्तोना उपहारका रुपमा घडि पाएका हुन ।
१ सय रुपैयाँका करिब ९ सय टोकन काटिएको आयोजकले जनाएको छ । बृहत सांस्कृतिक कार्यक्रमको मुख्य प्रायोजना बनदेवी युवा क्लव र एल एण्ड एस कन्ट्रक्सनले गरेका थिए ।



