धनगढी- कैलालीको भजनीमा रहेको सरस्वती सामुदायिक वनमा फँडानी गरिएको छ । सामुदायिक वनले झाडी सफा गर्ने भन्दै ठुला काठहरू समेत कटानी गरेपछि अध्यक्ष बुधराम चौधरी पक्राउ परेका हुन । नेकपाको युवा संगठनले अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको हो ।






सामुदायिक वनको वार्षिक कार्यक्रम अनुसार झाडी सफा गर्ने नीति हुन्छ । तर, सरस्वती सामुदायिक वनमा काठहरू समेत काटिएको भन्दै युवाहरूले विरोध गरेका हुन् ।





सब डिभिजन वन कार्यालय, सुखडका प्रमुख नितेश भटराईले सोधपुछका लागि अध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएको बताए । उनले वार्षिक कार्यक्रम र जंगलमा फँडानी भएका काठको विषयमा अनुसन्धान जारी हरेको बताए । सामुदायिक वनबाट जामुन लगातका रुखहरू कटानी गरिएको छ ।




