अछाममा जिप दुर्घटना हुँदा १५ जना घाईते

Purbadhar dadeldhura

अछाम- अछामकोे चौरपाटी गाउँपालिका वडा नं.५ लुंग्रा स्थित आमरुख नजिक जिप दुर्घटनामा १५ जना घाईते भएका छन् । से १ ज ४२९ नम्वरको जीप आज विहान साढे ८ वजे दुर्घटना भएको प्रहरी निरिक्षक राजेन्द्र साउदले बताएका छन् ।

Malpot office dadeldhura

बर्ष ५१ का चालक तेज बहादुर रावलले चलाएको गाडी दुर्घटना भएको प्रहरी निरिक्षक साउदले जानकारी दिए । दुर्घटनामा चालक पनि घाइते भएका छन् ।

दुर्घट्ना घाईते सवैलाई उपचारको लागि वयलपाटा अस्पताल लगिएको उनले बताए । लुग्राबाट साँफेबगर आउने क्रममा जिप दुर्घटनामा परेको हो । जिप एक सय ५० मिटर तल खसेको उनले बताए । घट्नाको थप विवरण आउने वाँकी रहेको प्रहरी निरिक्षक साउदले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...