बिनोदले वितरण गरे सिउंडे माध्यमिक विद्यालयमा ह्वाइट बोर्ड

RBB Bank Suvakamana
Purbadhar dadeldhura

हरिश चन्द/डडेल्धुरा, ९ फागुन- बैतडीको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिउंडेको ह्वाइट बोर्ड वितरण गरेको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा भारतको हैदराबादमा रहेका समाजसेवी युवा बिनोद बहादुर विष्टको सहयोगमा सिंउडे माध्यमिक विद्यालयको च्यात्तिएको पुरानो बोर्ड फेरिएको हो ।

सामाजिक संञ्जालमा तस्बिर देखेपछि आफुले अध्यन गरेको विद्यालयको ह्वाइटबोर्डको अवस्था देखेर सहयोग गरेको करन विष्टले बताए । उनले भारतबाट पठाएको पैंसाबाट तीन ओेटा ह्वाइट बोर्ड र एक दर्जन मार्कर खरिद गरेर मंगलबार विद्यालयलाई हस्तान्तरण गरिएका उनका आफन्त करन विष्टले बताए ।

Malpot office dadeldhura

प्रारम्भिक शिक्षा नेरा माविबाट हाशिल गरेका बिनोद सामाजिक कार्यमा सक्रिय छन । उनले कोरोना कहरका बेला निःशुल्क एम्बुलेन्स सञ्चालन गरेर नागरिकहरुलाई सेवा समेत दिएका थिए । गाउँ समाजको मुहार फेर्ने मनसायले सामाजिक कार्यमा सरिक हुँदै आएका बिनोद दुःख पीडामा परेकालाई सहयोग पनि गर्दै आएका छन् ।

समाजका लागि सोच्ने उनको मनोभाव अनुकरणी रहेको उनको भनाई छ । गाउँपालिकाले पनि विद्यालयका यस्ता समस्या बुझेर समाधानका लागि अनुगमन गरेको वडा अध्यक्ष विष्टले बताए ।

विद्यालयका प्रत्येक कक्षा कोठामा ह्वाइटबोर्डहरु पुराना भैसकेर च्यात्तिएकाले सबै फेरिने उनले बताए । त्यसका लागि पहल थालिएको समेत उनले बताए । केहि दिनमै ह्वाइटबोर्ड खरिद गरेर वितरण गरिने उनको भनाइ छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...