कैलालीको घोडाघोडीमा विद्युतीय धराप थाप्ने थप ३ जना पक्राउ

धनगढी- कैलालीको घोडाघोडीमा विद्युतीय धराप थाप्ने थप ३ जना पक्राउ परेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाको जङ्गलमा विद्युतीय धराप थाप्ने थप ३ जना सोमवार पक्राउ परेका हुन् ।

udhok dadeldhura

पक्राउ पर्नेमा घोडाघोडी-४ बस्ने ४९ वर्षीय जितबहादुर चौधरी, ३८ वर्षीय सुधराम चौधरी र घोडाघोडी-५ बस्ने ४० वर्षीय राज कुमार चौधरी रहेका छन् । उनीहरूले जंंगली जनावरको सिकार गर्न गत माघ १० गते स्थानीय तुलसीपुर सामुदायिक वनमा थापेको धरापमा परि घोडाघोडी-१० का धनबहादुर शाहीको ज्यान गएको थियो भने मोहन्याल गाउँपालिका-३ का दुर्गा खत्री घाइते भएका थिए ।

घटनामा संलग्न घोडाघोडी-४ का मनीराम चौधरीलाई सुखड प्रहरीले यस अघि नै पक्राउ गरेको थियो । मनीराम माथि मुद्दा चलिरहेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले घटना अनुसन्धानमै रहेको बताए ।

Loading...