अछाम- अछाममा जङ्गली जनावर बँदेलको आतङ्कले गाउँ नै त्रसित बनेको छ । बँदेल गाउँमै पसेर आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन ।

बदेलको आतंक जारी रहेका बेला बदेलको आक्रमणमा परेर मंगलसेन नगरपालिका-६ का ४९ वर्षीय रामप्रसाद भण्डारी गम्भीर घाइते भएका छन । उनलाई खेताडा टोलमा बस्तिमा छिरेको बदेललाइ लखेटने क्रममा बदेलले आक्रमण गरेको हो ।भण्डारीको अनुहार, तिर्घा, दुवै हात लगायत शरिका अन्य भागमा चोट लागेको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला अस्पताल अछामले सामान्य उपचार गरेर सुर्खेत प्रादेशिक अस्पतालमा रेफर गरेको छ । यस अघि मङ्गलसेन नगरपालिका-६ डाँडागाउँकी २४ वर्षीया आरती भण्डारीलाई यही माघ ८ गते नुहाउन जाने बेला बदेलले आक्रमण गरेको थियो । माघ १६ गते दिउँसो सोही ठाउँकी ७९ वर्षीय देउकला भण्डारीलाई बँदेलले आक्रमण गरेको थियो । त्यसैगरी माघ १६ गते नै मङ्गलसेन-७ को जनालीबण्डालीमा पनि बँदेलको आक्रमणबाट दुईजना घाइते भएका थिए ।