धनगढीमा नवजात शिशु मृत फेला

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर-४ बसपार्क नजिक कोठामा नवजात शिशु मृत फेला परेको छ । धनगढी उपमहानगरपालिका-१६ घर भएकी र बसपार्कमा पुजा राना बस्दै आएको कोठामा सोमबार राति नवजात शिशु मृत फेला परेको हो ।

घटनामा घरवेटी र कोठाको ताला तोडेर भित्र पसेका महिलाहरूलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न भन्दै प्रहरीले घरबेटी र गोदावरी घर भएका दुई महिलालाई नियन्त्रणमा लगि अनुसन्धान गरिरहेको प्रवक्ता कुलदिप चन्दले बताए ।

उनले सोमबार राति कोठाको ताला तोडेर भित्र गएका महिलाहरूले कपडामा बेरेर राखेको नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका बताए । उनका अनुसार कोठामा बस्दै गरेकी रानाको खोजतलास भइरहेको छ । प्रहरीले नियन्त्रणमा लगेका महिलाहरू र रानाबिच पैसा लेनदेन रहेको थियो ।

प्रवक्ता चन्दका अनुसार रानाले आफू बाहिर रहेको र कोठामा पैसा राखेकोले ती महिलालाई ताला तोडेर भित्र बस्न भनेका थिए । सोही क्रममा महिलाले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरे । नियन्त्रणमा लिइएका महिलाका अनुसार राना ग्राहकहरूसंग व्यस्त रहेकी थिइन तर, कहाँ र कोसंग भने उनीहरू जानकार छैन्न । प्रहरीले मृत फेला परेको नवजात शिशुको पोष्टमार्टम गर्न अस्पताल राखेको छ । नवजात शिशु कति दिनको हो भन्नेबारे सोही रिपोर्ट पछि थाहा हुने प्रवक्ता चन्दले बताए ।

Loading...