अत्तरिया- कैलालीको अत्तरियामा कम्पनी हेल्थि लिभिङ नेपाल प्रालिले अन्तरक्रिया कार्यक्रम तथा कम्पनीको प्रचार प्रसार कार्यक्रम गरेको छ । नेपालकै अग्रपंक्तिको कम्पनीले आइतबार अत्तरियामा कम्पनीमा डाइरेक्ट सेलिङ बिजनेसमा महिलाहरुलाई प्रोत्साहन गर्दै कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यक्रम समाजसेवी महिला सृजना जोशीले संचालन गरेकी कार्यक्रममा हेल्थि लिभिङ नेपाल प्रालि का डबल युनिभर्सल क्रोन डाइरेक्टर लोकेन्द्र बम प्रमुख अतिथि रहेका थिए । बिशिष्ट अतिथिहरुमा हेल्थि लिभिङ नेपाल प्रा लि का युनिभर्सल क्रोन डाइरेक्टरहरु डाक्टर महेश सिँ र बेल बहादुर चौधरी रहेका थिए ।
पेम्बा शेर्पाको हेल्थि लिभिङ कम्पनीमा औँषधि, कस्मेटिक सामानहरु, ब्रस, साबुन, कोलगेट, तेल आदि उत्पादन गरिन्छ । करिब ३ सय करोडको टार्गेटमा कम्पनी चलिरहेको छ । डाइरेक्ट सेलिङमा एसिया क्षेत्रमा ५० लाख महिला हरु आबद्ध छन । डाइरेक्ट सेलिङ सन् १९४० मा अमेरिकाबाट आएको अवधारणा हो । नेपालमा बिस २०७४ मा डाइरेक्ट सेलिङ कानुन बनेको हो । कार्यक्रममा डाइरेक्ट सेलिङमा लागेका हेल्थि लिभिङका ब्यक्तिहरुलाइ सम्मान समेत गरिएको थियो । कार्यक्रममा सम्मान पाउनेहरुमा जिबन ज्योति महिला बिकास सहकारी कि पुनम कार्की र डम्बरि कुवर, सरस्वति धामी, सानु माया तामाङ, सिता साउद, मँजु बिष्ट, बम बहादुर बोहोरा, सानु बिक, गोपाल तामाङ, सबिना तामाङ आदि थिए ।
अन्तरक्रिया कार्यक्रममा आफुहरुले बिरामी हुदा धेरै ठाउमा गएर पनि सन्चो नभएको र हेल्थि लिभिङको औषधिले सन्चो भएको बताए । यसको डाइरेक्ट बिजनेसमा लागेर आफ्नो खुट्टामा आफैं उभिन सकिन्छ । यसका उत्पादनहरू राम्रा छन । सबैले प्रयोग गरेर थाहा पाउन सक्छन । आफुले यसका सामानहरु किन्दै डाइरेक्ट सेलिङ मा आबद्ध भएर पुरुष तथा महिला दुवै लाइ रोजगारीको अबसर छ । भनेर प्रमुख अतिथि लोकेन्द्र बमले बताए । कम्पनीले नेटवर्क बिजनेस पनि सँचालन गरेको छ । कार्यक्रमको उद्देश्य जनताहरुलाई हेल्थि लिभिङमा आबद्ध गराउने र उत्पादनहरु सुपथ मूल्यमा मिल्ने जानकारी दिलाउनु हो । उनले थपे, मेहनत गरेर यो ब्यबसायमा लागे यस मा पैसा रहेको बक्ताहरुले बताए । कार्यक्रममा १ सय ५० जति जनसहभागिता थियो । यो कम्पनीको स्थापना २०७७ असार १९ मा भएको हो ।