“बरिष्ट लाेक देउडा रत्न” बाट सम्मानित भए माधव बिष्ट

सन्तोष पाण्डेय / अत्तरिया – विगत लामो समय देखी, कला संस्कृति तथा डेउडा क्षेत्रमा पुर्याएको योगदान को उच्च सम्मान र कदर गर्दै बरिस्ठ डेउडा कलाकार माधब बिस्ट (कैलाश) यस बर्षकै सर्बाेत्कृष्ट सम्मान काे रुपमा रहेकाे “बरिष्ट लाेक देउडा रत्न “बाट सम्मानित भएका छन् ।

Godawari sandesh
Navadurga sun

सुप ईन्टरटेनमेन्ट हाउस प्रा लि का अध्यक्ष अनुप चन्द ठकुरीको सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अतिथी सुदुरपश्चिम प्रदेशका माननिय मन्त्री रामेश्वर चौधरी रहेका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशी र बरिष्ट देउडा कलाकार विशिष्ट अतिथी रहेका थिए ।

Dadeldhura hospital

शनिवार सुप इन्टरटेनमेन्ट हाउस प्राली को आयोजनामा धनगढीमा आयोजित दोस्रो सुप इन्टरटेनमेन्ट म्युजिक अवार्डको समापन समारोहमा काली – कर्णाली क्षेत्रको अमुल्य गहनाको रुपमा रहेका लोक कला सस्कृतिको पहिचान तथा संरक्षण र सम्वर्धन र बिकासमा बिष्ट ले पुर्याउनु भएको उल्लेखनिय योगदान काे कदर गर्दै उहाँलाई सम्मान गरिएको हो ।

डेउडा क्षेत्रकै लामाे इतिहास बोकेका कालजयि गित हरु सुदुरपश्चिम स्वर्गसरि , घर छैन आसुको, जम्काभेट , इजु, हुदै हाल बजनरमा रहेकाे खाेड्पे पाटन नामक देउडा गित काे सृजना सम्म पुग्दा सयौं गितमा कलम चलाउन भएका , बिष्ट ले अभिनय संगै, प्रत्यक्ष डेउडा खेल (लाइभ डेउडा ) का “बादशाह” भनेर आफ्नाे पहिचान बनाउन भएकाे छ।
विगत तीन दशक बढी समय कला सस्कृतिको क्षेत्रमा अनवरत योगदानको उच्च सम्मान गर्दै दोस्रो सुप इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८० समापन समारोह बाट उहालाइ सुप इन्टरटेन्मेन्ट काे सर्बाेत्कृष्ट सम्मान “लाइफ टाइम एचिभमेन्ट ” (बरिस्ठ लोक डेउडा रत्न) सम्मान गरिएको हो ।

काली – कर्णाली क्षेत्रको डेउडा कला सस्कृतिको क्षेत्रमा अनवरत उच्च योगदानका कारण सम्मान गरिएको आयोजक सस्था कि सचीव कृष्णा सिराडी ले बताउनु भएको छ ।

सम्मान ग्रहणपछि बरिस्ठ देउडा कलाकार माधब बिस्ट (कैलाश) ले आफुले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान गर्नभएकोमा आयोजकलाई धन्यवाद दिए । सम्मानपछि अझै जिम्मेवारी थपिएको र यस क्षेत्रमा सदा लागिरहने बाचा गर्दै यसै किसमकाे हाैसला र साथ सहयाेग काे समेत अपेक्षा गरेका छन । यस र्कार्यक्रम मा पुरुस्कृत हुने र सम्मानित हुने सबै लाइ बधाइ समेत ब्यक्त गरेका छन।

Loading...