कैलालीको गौरीगंगामा बसले मोटरसाइकल किच्दा एक जना घाइते

धनगढी- कैलालीको गौरीगंगामा बसले मोटरसाइकल किच्दा एक जना घाइते भएका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ शंकरपुरमा बसमा ठोकिएको मोटरसाइकललाई अर्को बसले किचेको हो ।

गौरीगंगा-८ बडैपुरका ३८ वर्षीय गोपी नेपालीले चलाएको से ६ प ९३ को मोटरसाइकल बसमा पछाडिबाट ठोक्किएको थियो । लम्किचुहा नगरपालिका-४ बस्ने ३८ को बलेराम चौधरीले चलाएको ना ५ ख ९६४६ को रोकिएको बसमा मोटरसाइकल ठोकिएको हो ।

सडकमा पल्टिएको अवस्थामा विपरीत दिशाबाट आइरहेको ना ६ ख ७४४३ नम्बरको बसले मोटरसाइकललाई किचेको थियो । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ बस्ने ४३ को पुष्कर भट्टले चलाएको उक्त बसका कारण गोपी घाइते छन् । उनको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...