कैलालीको चुरे ६ बयालामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

अत्तरिया- कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ बयाला स्थित श्री मेलकट्टेश्वर माध्यमिक बिद्यालयमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार बिद्यालयको ६३ औं बार्शिकोत्सव तथा अभिभावक दिवसको अवसर पारी आयोजना गरिएको रक्तदान कार्यक्रममा मेलकट्टेश्वर माध्यमिक बिद्यालयका शिक्षक, स्टाफहरु, बिद्यार्थीहरु तथा अभिभावक गरि ३० जनाले रक्तदान गरेका छन । नेपाल युवा रेडक्रस सर्कलको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको मेलकट्टेश्वर माध्यमिक बिद्यालयका शिक्षक नायक सुभाष चन्द्र भण्डारीले जानकारी दिए । चुरे गाउँपालिकामा नै यस प्रकारको कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो ।

Dadeldhura hospital

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सन्चार केन्द्र, सुदूरपश्चिम प्रदेशको प्राबिधिक सहयोग र नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा चुरे गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेम बहादुर साउदले रक्तदान गरि कार्यक्रमको उदघाटन गरेका थिए । प्रादेशिक रक्त सञ्चार केन्द्र, सुदूरपश्चिम प्रदेशका प्रमुख धरणी प्रसाद पन्तले यस्ता खाले कार्यक्रमले उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामिको जीवन रक्षा गर्नुको साथै समुदायमा रक्तदान सम्बन्धी उत्प्रेरणा प्रदान गर्न सहयोग गर्ने बताएका छन् । साथै बिद्यालयमा गरिने रक्तदान कार्यक्रमले बिद्यार्थी तथा अभिभावकहरुमा रक्तदान सम्बन्धी भ्रम चिरिनुका साथै रक्तदान गर्न उत्प्रेरणा जगाउने बताएका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

नेपाल जुनियर रेडक्रस सर्कल, मेलकट्टेश्वर मा. बि. का शिक्षक नायक सुभाष चन्द्र भण्डारी, सह-नायक चेत बहादुर साउद, शिक्षक बिनोद बहादुर सिंहको सकृयतामा आयोजना भएको रक्तदान कार्यक्रममा नेपाल युवा रेडक्रस सर्कलका बिद्यार्थीहरुले उत्साहजनक उपस्थिति जनाएका थिए । बिद्यालयमा कार्यरत शिक्षकहरु, फल्टुटेका स्थानिय व्यापारी तथा अभिभावकहरुले उक्त रक्तदान कार्यक्रम सफल पार्न आर्थिक सहयोग गरेका थिए। आगामी दिनमा पनि यस्ता खाले कार्यक्रम आयोजना गरिने नेपाल युवा रेडक्रस सर्कल मेलकट्टेश्वर मा.बि. का अध्यक्ष निरज मलासिले बताए ।

Loading...