
धनगढी- कैलालीको धनगढीबाट गोदावरीका एक जना लागूऔषध सहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ अमौरा त्रिनगरबाट २ ग्राम ५०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित कैलालीको गोदावरी नगरपालिका २ बस्ने २३ वर्षीय नरेश बोहरालाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागूऔषध सहित उनलाई फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।