धनगढी- कैलालीको घोडाघोडीमा अज्ञात समूहद्वारा एक जनाको मोटरसाइकल तोडफोड गरिएको छ । कैलालीको घोडाघोडीमा नगरपालिका १२ स्थित नक्फुरुवा गाँउमा नविन चौधरीको मोटरसाइकलमाथि अज्ञात समूहले तोडफोड गरेका हुन् ।
विवाहमा आएका जोशीपुर गाउँपालिका वडा नम्बर ५ का चौधरीको सुदूरपश्चिम प्रदेश ०१-१० प ९२८८ नम्बरको यामाहा मोटरसाइकलमा अज्ञात समूहद्वारा तोडफोड गरी कुलोमा फालिएको अवस्थामा रहेको घोडाघोडी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामदुलारे चौधरीले बताए ।
राति प्रहरीलाई खबर गरेपनि आउन नसक्ने बताएपछि घटना स्थलमा वडाका जनप्रतिनिधी लगाएत आफु उपस्थीत भई घटनाको जानकारी लिएको अध्यक्ष चौधरीले बताए । शनिबार बिहान प्रहरीसँग छलफल गरेर तोडफोड गर्ने व्यक्तिहरुको खोजी गर्ने उनले जानकारी दिएका छन् ।