कञ्चनपुरको बेलौरीमा बाघले मोटरसाइकलमा आक्रमण गर्दा एक जना घाइते

Dadeldhura hospital

कञ्चनपुर- कञ्चनपुरको बेलौरीमा बाघले मोटरसाइकलमा आक्रमण गर्दा एक जना घाइते भएका छन्। बेलडाँडी गाउँपालिका-३ खैरीघाट बस्ने २४ वर्षीय जीवन चन्द बाघको आक्रमणबाट सामान्य घाईते भएको कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेशकुमार यादवले बताए।

प्रमुख यादवका अनुसार बेलौरी नगरपालिका-८ खपटी खोलाको हुलाकी राजमार्ग कच्ची सडक खण्डमा पुर्वतर्फबाट आएको बाघले मोटरसाइकलमा आक्रमण गरेको हो। सो क्षेत्रमा राति आवतजावत गर्दा सतर्कता अपनाउनु हुन उनले अनुरोध गरेका छन्।

Navadurga sun
Godawari sandesh
Loading...