आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकियो

आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब रुपैयाँको बजेट सिलिङ तोकिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा रहने स्रोत समितिले १८ खर्ब रुपैयाँ बराबरको सिलिङ तोकेको हो।

सिलिङ तोक्ने क्रममा सरोकारवाला निकायबीच निरन्तर छलफल हुने गरेको भए पनि कुनै विवाद भने नभएको अर्थमन्त्री डा। प्रकाशशरण महतले बताए । यसैबीच, चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षाले खर्चको अनुमान घट्नुलाई बजेट घटेको अर्थ लगाउन नमिल्ने अर्थमन्त्री महतले बताए ।

Navadurga sun

मन्त्रालयमा आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले संसदबाट पारित भएको बजेट अर्थमन्त्रालय एक्लैले संशोधन गर्न नसक्ने भन्दै खर्च र आम्दानीको लक्ष्य नपुग्ने अनुमान मात्र गरिएको बताए ।विभिन्न सञ्चारमाध्यमले बजेट घटाएको व्याख्या गरी समाचार दिएको भन्दै उहाँले स्पष्ट पार्न पत्रकार सम्मेलन गर्नुपरेको बताए।

ADD Khali jpg
ADD Khali jpg
Loading...