नेपालको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब रुपैयाँ नाघ्यो

Purbadhar dadeldhura

काठमाण्डौ- नेपालको सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको माघसम्म नेपाल सरकारको ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

Malpot office dadeldhura

यस मध्ये ११ खर्ब ८४ अर्ब ५२ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब दुई अर्ब २४ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । सरकारले चालु आर्थिक वर्षको सात महिनामै दुई खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको छ । साउनदेखि माघसम्मको सात महिनामा २ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ ऋण थपिएको छ । सात महिनामा सरकारले एक खर्ब ५० अर्ब ३१ करोड रुपैयाँ आन्तरिक र ५२ अर्ब १२ करोड ६ लाख रुपैयाँ बाह्य ऋण लिएको छ ।

यस्तै सात महिनामा सरकारले एक खर्ब ५५ अर्ब २४ करोड रुपैयाँ ऋण तिरेको छ । आन्तरिकतर्फ एक खर्ब ३० अर्ब ११ करोड र बाह्यतर्फ २५ अर्ब १३ करोड रुपैयाँ ऋण तिरेको कार्यालयले जनाएको छ । सात महिनामा सरकारले एक खर्ब १० अर्ब रुपैयाँ साँवा भुक्तानी गरेको छ । यस्तै ४४ अर्ब १४ करोड रुपैयाँ ब्याज मात्रै तिरेको छ । नेपालको तिर्न बाँकी सार्वजनिक ऋणको आकार वार्षिक बजेटभन्दा छ खर्ब ३५ अर्ब रुपैयाँभन्दा धेरै भएको छ ।

पछिल्लो पाँच वर्षमा मात्रै सरकारी ऋण दोब्बर भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा सरकारी ऋण १० खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ बराबर थियो। यस्तो ऋण बर्सेनि बढेर आर्थिक वर्ष २०७६/०७७ मा १४ खर्ब ३३ अर्ब, आर्थिक वर्ष २०७७/०७८ मा १७ खर्ब ३७ अर्ब र आर्थिक वर्ष २०७८/०७९ मा २० खर्ब १३ अर्ब रुपैयाँ पुगेको थियो । सरकारले लिएको ऋण पुँजी निर्माणमा भन्दा पनि साधारण खर्च टार्न खर्च गर्दा यसले गतिलो परिणाम नदिने अर्थविद्हरूले चेतावनी दिएका छन् । अर्थविद् डिल्ली राज खनालका अनुसार सरकारको असक्षमताले गर्दा ऋण काढेर ऋण तिर्नुपर्ने अवस्था आउनु खतराको सङ्केत हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...