कैलालीको घोडाघोडीका मेयर खडक रावत घाइते

Dadeldhura hospital

धनगढी- कैलालीको घोडाघोडी नगरपालिका मेयर खडक रावत घाइते भएका छन्। मंगलबार राति घर नजिकै चक्कर आएर ढलेका रावतको टाउकोमा चोट लागेको हो। घाइते प्रमुख रावतको घोडाघोडी अस्पतालमा उपचार गरिएको छ।

चोट लागेको ठाउँमा चार टाँका लागेको घोडाघोडी अस्पतालका चिकित्सक राहुल कुमार सिंहले बताए। अचानक लडेका रावतलाई स्थानीयले घोडाघोडी अस्पतालमा पुगाएका थिए। नगरप्रमुख रावतले चोटका कारण घरमै आराम गरिरहेको बताएका छन्।

Loading...