कैलाली– कैलालीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जानकी गाउँपालिका-५ अमौरा स्थित सडक खण्डबाट ८८० मिलिग्राम लागूऔषधसहित लम्की चुहा नगरपालिका-२ कान्छिबजार बस्ने २१ वर्षीय नबिन सिलाललाई मंगलवार साँझ पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।