सत्यवती एकेडेमीको १२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको सत्यवती एकेडेमीको १२ औं वार्षिक उत्सव भव्यरुपमा सुरु भएको छ । आजबाट सुरु भएको वार्षिक उत्सब फागुन ३ गते सम्म संचालन हुने छ । सञ्चलाक समितिका तथा शिक्षा व्यबसायी गिरिराज कडायतको सभापतित्वमा संचालित कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन भएको थियो ।

पछिल्लो समयमा अत्तरियाको सत्यवती एकेडेमीले शैक्षिक गतिविधि सँग सङ्गै अतिरिक्त क्रियाकलापमा विद्यार्थीको भविश्यलाई केन्द्रित रही कसरी अगाढी बढ्ने, कसरी गुणस्तरिय एव उपयोगी शिक्षा आर्जन गर्ने लगायत राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ठ प्रदर्शन रहेको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

कार्यक्रममा बोल्दै नगरप्रमुख विरेन्द्र भट्टले भने, विद्यार्थीहरुको उज्जल भविष्य कोर्दै आएका विद्यालयहरुले पढाइ संग सङ्गै बिद्यार्थीले कला संस्कृति जोगेर्ना गर्नाका निम्ती भई रहेका गरिबिधि र आजको अभिभावक दिवसमा साना नानीबाबुलाई कला, संस्कृति जोगाउनका निम्ति एव् सबै अभिभावक तथा बिद्यार्थीलाई जानकारी होस भन्ने हेतुले प्रस्तुती गरेका नृत्य प्रति बिद्यालय परिवारलाई धन्यवाद ब्याक्त गरेका छन । पछिल्लो समयमा अत्तरियाको शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलापमा केही भाग यस एकेडेमीले ओगटेको बताउनु भयो ।

Dadeldhura hospital

सुदूरपश्चिमको पहाडी भेगबाट बसाई सरी तराईमा आई बसेकाका हामीसबैले आफ्ना नानी वावुलाई संस्कृती जोगाउनका निम्ती हामी सबैले लाग्नु पर्ने हुन्छ, यस्का लागि यस एकेडेमीले पनि सबै नानी बाबुलाई सिकाउदै आएको देखेर आफू खुसी भएको बताए ।

बिद्यार्थी जीवनमा दुर्बेशनी, कुलतमा फस्ने अबस्थालाई गोदावरी नगरपालिकाले युवा लक्षित कार्यक्रम ल्याएका छौ, यस्का लागि १२ ओटै वडाका अभुमिखिकरण तालिम संचालन गरी केही हद सम्म न्यूनिकरण हुनेमा आफू ढुक्क रहेको बताएका छन। यसै बिच अतिथीलाई शुभकामना मन्तव्य दिएका एकेडेमीका संचालक बिर बहादुर कडायतले भने यस बिद्यालयको स्तापनामा छोटो समयमा नै हजारौ अभिभावकले साथ र माया प्रति म अझै अत्तरियामा शिक्षा क्षेत्रको विकासका निम्ती अगाढी बढ्ने प्रेरणा मिलेको बताए । शिक्षक, बिद्यार्थी र अभिभावक नानी वावुको भविश्य निर्माणाका लागि आपसी समझदारीबाट अगाढी बढ्नु पर्ने बताए।

यसै बिच नगरपालिकाका भित्र रहेका युवा पिढी दुर्बेसनीमा फसेको देख्दा आफूलाई दुःख लागेको र आगामी दिनमा पालिकाले न्यूनिकरणका निम्ति केही गर्नु पर्ने आवश्यकता रहेको समेत जानकारी दिए । पढाई मात्र सबै थोक नभएर अतिरिक्त क्रियाकलाप सहित चौतर्फी बिकासका लागि सत्यवती एकेडेमी निरन्तर विद्यार्थी र अभिभावक प्रति समर्पित रहेको बताए ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा न. १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट, ऐश्यर्य बिद्या निकेतनका प्रचार्य, केएमसीका सहयक प्राध्यापक, लगायत शिक्षाप्रेमी, अभिभावक, बुद्दीजिवी, समाजसेवीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन शिक्षिका भाषिका मेमले गरेकी थिईन भने अतिथिहरूलाई सञ्चालक बिर बहादुर कडायतले स्वागत मन्तव्य दिनुभएको थियो।

Loading...